Below Menu
Below Menu

भीमदत्त नगरपालिकाका पूर्वमेयरसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड ३४ लाख विगो माग 

भीमदत्त नगरपालिकाका पूर्वमेयरसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड ३४ लाख विगो माग 

काठमाडौं : अख्तियार दुरुपयाृेग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दश जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले भीमदत्त नगरपालिका, कन्चनपुरका तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर बिष्ट र तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसहित १० जना एवं भवानी कन्स्ट्रक्शन प्रालि विरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार नगरपालिका आव २०७६/०७७ मा प्रकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौता अनुसार प्राप्त गर्नुपर्ने आयमा नियम विपरीत छुट दिएको भन्ने उजुरी परेको थियो । 

सोही उजुरीका आधारमा अनुसन्धान गर्दा नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर बिष्ट र तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले आव २०७६/०७७ मा महाकाली नदीजन्य पदार्थको (ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल र माटो) रोयल्टी शुल्क उठाउने ठेक्का नं. १७/रोयल्टी/०७६/७७ ठेक्कामा सम्झौता पछि नगरकार्यपालिकाको कार्यालयलाई बुझाउनपर्ने ठेक्का रकममा कुनै किसिमको छुट वा मिनाहाको लागि दावी गर्न पाईने छैन र ठेक्का कवोल गरेको पाइएको आयोगको ठहर छ ।

उक्त सम्झौता भएबमोजिमको रकममा कुनै कारण देखाई वा नदेखाई कुनै किसिमको मिनाह दिईने छैन भन्ने अवस्था विद्यमान हुँदाहुँदै नगरप्रमुख सुरेन्द्र बहादुर विष्टको अध्यक्षतामा नगरसभाको निर्णयले राजस्वमा छुट दिने मनसायले ५ सदस्यीय कार्यदल गठन गरी सोही कार्यदलको सिफारिसको आधारमा मुल्यअभिवृद्धि करसमेत एक करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ ८७ पैसा बराबरको रकम छुट दिने निर्णय अनुमोदन गरेको आयोगले जनाएको छ ।

ठेक्का सम्झौता अनुसार राजस्व नउठाई सरकार र प्रदेश सरकारको स्वीकृति बिना उक्त रकम  भीमदत्त नगरपालिका र सरकारले पाउने राजस्वमा चुहावट गरी भ्रष्टाचार गरेको पुष्टि भएको आयोगको भनाई छ । नगरप्रमुख विष्ट र प्रशासकीय अधिकृत जोशीलाई सोही रम बराबरको विगो कायम गरी दोव्वर जरिवाना समेत गरी सजायको मागदावी गर्दै आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा  दयर गरेको हो ।
 

Advertisment

थप समाचार