Below Menu
Below Menu

बैङ्किङ कसुर मुद्दामा फरार नुवाकोटका घले पक्राउ 

बैङ्किङ कसुर मुद्दामा फरार नुवाकोटका घले पक्राउ 

काठमाडौं : बैङ्किङ कसुर मुद्दामा नुवाकोट घर भई काठमाडौँको तारकेश्वर–१० बस्ने ३८ वर्षीय सन्तोष घले पक्राउ परेका छन् । बैङ्किङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति जारी भई फरार रहेकामा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।

काठमाडौँको छाउनीबाट पक्राउ परेका उनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 

Advertisment