Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार १९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment