Below Menu
Below Menu

टेलिकमको क्षमता वृद्धिका लागि व्यवस्थापन र श्रमिकको एउटै लक्ष्य हुनुपर्छ: अर्थमन्त्री

टेलिकमको क्षमता वृद्धिका लागि व्यवस्थापन र श्रमिकको एउटै लक्ष्य हुनुपर्छ: अर्थमन्त्री

काठमाडौं : टेलिकमको क्षमता अभिवृद्धिका लागि व्यवस्थापन र नेपाल टेलिकम वर्कर्स युनियनको एउटै लक्ष्य हुनुपर्नेमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जोड दिएका छन् । नेपाल टेलिकम वर्कर्स युनियनको ३२ औं वाषिकोत्सव समारोहमा मन्त्री डा. महतले भने, ‘वर्कर्सहरुको जाहेज माग तथा चासो र चिन्ताप्रति राज्य संवेदनशील हुनुपर्छ । यिनीहरु काम गर्ने हुन्, उनीहरुलाई धेरै सुविधा दिनु हुँदैन भन्ने मानसिकता परिवर्तन गर्नुपर्छ ।’

सञ्चारको विकासमा नेपाल टेलिकमको योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै मन्त्री डा. महतले भन, ‘ल्याण्डलाइनबाट सुरु भएर अहिले ताररहित सेवा प्रवाह भइरहेको छ । प्रविधिमा छिटोछिटो विकास भइरहेको छ । यो परिवर्तनसँगै नेपाल टेलिकमले आफूलाई अपटुडेट राख्ने चुनौति छ । सफ्टवेयरमा एकदमै छिटो अपटुडेट हुनुपर्ने अवस्था छ ।’

स्वास्थ्य र शिक्षा क्षेत्रमा डिजिटलको उपयोग गरेर लागत घटाउनुपर्ने आवश्यकता मन्त्री डा. महतले औंल्याएका छन् । ‘शिक्षामा हामीले यही हिसाबले अगाडि बढ्न सकेनौं भने त्यो प्रतिस्पर्धी हुँदैन । यी तमाम हिस्सामा नेपाल टेलिकमको उपस्थिति छ । पहिले टेलिकमको मात्र मनोपोली थियो, तर अहिले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । स्वभाविक रुपमा निजी क्षेत्र आक्रामक हुन्छ । उनीहरुको निर्णय प्रकृया छिटो छरितो पनि हुन्छ । राज्य संरक्षित कम्पनीहरुमा थोरै कानुन झन्झट हुन्छन्’, उनले भने ।

Advertisment

थप समाचार