Below Menu
Below Menu

राष्ट्रिय सहकारी बैंकको तरलता ३६.९९ प्रतिशत पुग्यो 

राष्ट्रिय सहकारी बैंकको तरलता ३६.९९ प्रतिशत पुग्यो 

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले गत असार मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैैंकको तरलता ३६.९९ प्रतिशत रहेको छ । 

यस अवधिसम्म बैंकको कुल ऋणी सहकारी सदस्य संख्या २ हजार ४७४ पुगेको छ भने कुल शेयर सदस्य संख्या १६ हजार ६० पुगेको छ । बैंकको शेयर पुँजी २ अर्ब ८० करोड ८० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, सहकारी बैंकको कुल बचत ५८ अर्ब २४ करोड ५९ लाख रुपैयाँ रहेको छ । 

समिक्षा अवधिमा सहकराी बैंकको ऋण लगानी ३२ अर्ब ८८ लाख ७७ हजार रुपैयाँ रहेको छ भने तरलता रकम २१ अर्ब ५४ करोड ७४ लाख रुपैयाँ रहेको छ । कुल संस्थागत पुँजी एक अर्ब १३ करोड ७१ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, विभिन्न कोषहरुको जम्मा रकम ५० करोड ४४ लाख रुपैयाँ र कुल सम्पत्ति ६५ अर्ब ५९ करोड ५५ लाख रुपैयाँ रहेको छ ।  
 

Advertisment