काठमाडौं : गत आर्थिक वर्षको ११ महिनाको अवधिमा ६ वटा विकास बैंकहरु नोक्सानामा गएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सप्तकोशी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सालपा विकास बैंक नोक्सानमा छन् ।
तथ्यांक अनुसार सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नोक्सानी सबैभन्दा धेरै २८ करोड ६२ लाख रहेको छ । त्यस्तै एक्सेलको खुद नोक्सानी ८ करोड ९७ लाख, नारायणीको खुद नोक्सानी ४ करोड ६ लाख, सालपाको खुद नोक्सानी १ करोड ३० लाख रुपैयाँ रहेको छ ।
त्यस्तै कर्णालीको खुद नोक्सानी ९१ लाख र सिन्धु विकास बैंकको खुद नोक्सानी ७९ लाख रहेको छ।
सप्तकोशी मोरङ, ईलाम, पाँचथर, झापा, सुनसरी, धनकुटा र तेर्हथुम कार्यक्षेत्र रहेको बैंक हो । सिन्धु विकास बैंकको कायक्षेत्र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, मकवानपुर र चितवन जिल्ला रहेको छ । त्यस्तै कर्णाली विकास बाँके, बर्दिया, दाङ्ग, प्युठान र रोल्पा जिल्ला कार्यक्षेत्र रहेको बैंक हो । एक्सेल इलाम, झापा, मोरङ्ग, सुनसरी र पाँचथर जिल्ला कार्यक्षेत्र रहेको बैंक हो । त्यस्तै नारायणी नवलपरासी, चितवन र मकबानपुर जिल्ला कार्यक्षेत्र र सालपा खोटाङ जिल्ला मात्र कार्यक्षेत्र रहेको बैंक हो ।
Advertisment