Below Menu
Below Menu

ब्याजदर घटाउन वा बढाउन बैंकहरु स्वतन्त्र

ब्याजदर घटाउन वा बढाउन बैंकहरु स्वतन्त्र

काठमाडौं : बैकिङ ब्याजदरमा लामो समयदेखि  हुँदै आएको कार्टेलिङको अन्त्य भएको छ । अब बैंकहरुले संस्थागतरूपमा आफैं ब्याजदर निर्धारण गर्न पाउने भएका छन् ।

वाणिज्य बैंकहरुको साझा संस्था नेपाल बैंकर्स एसाेसिएसन(एनबीए)को बिहीबार बसेको बैठकले अब बैंकहरुले स्वतन्त्र रुपले ब्याज निर्धारण गर्न सक्ने निर्णय गरेको हो ।

संघले लामो सयमदेखि गर्दै आएको ब्याजदर कायममा देखिएको कार्टेलिङलाई खारेज गर्दै यस्तो निर्णय गरेको हो ।  बैंकरहरु साउन १ गतेदेखि लागू हुने ब्याज सम्बन्धित संस्था आफैले निर्धारण गर्नेछन् ।

ब्याजदर निर्धारण गर्दा बैंकहरुले नेपाल राष्ट्र बैंकको नीतिनिर्देशन भने पालना गर्नुपर्नेछ। जस अनुसार ब्याजको दर अघिल्लो महिनाको तुलनामा अधिकतम १० प्रतिशतले थप्न वा घटाउन सकिनेछ ।

Advertisment

थप समाचार