Below Menu
Below Menu

साउनमा घट्दै निक्षेप र कर्जाको ब्याजदर

साउनमा घट्दै निक्षेप र कर्जाको ब्याजदर

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले साउन महिनामा निक्षेप र कर्जाको ब्याजदर घटाउने भएको छ । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएपछि ब्याजदर घटाउन लागेका हुन् । हाल बैंक तथा वित्तीय संस्थामा अधिक तरलता छ । तरलता थुप्रिए पनि कर्जा लगानी भने हुन सकिराखेको छैन ।

साउन महिनामा निक्षेपको ब्याजटर १ प्रतिशत घटाउने तयारीमा बैंकहरु रहेका छन् । ब्याजदर निर्धारणका लागि आधिकारिक रुपमा नेपाल बैंकर्स संघले निर्णय गर्नुपर्ने हुन्छ । साउन महिनाका लागि ब्याजदर निर्धारण गर्न यही शुक्रबार (असार २९ गते) संघको बैठक बस्दैछ । सोही बैठकले नै हालको अवस्थालाई हेरेर ब्याजदर कायम गर्नेछ ।

असार महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत मुद्दती तर्फ ७.९९ प्रतिशत ब्याजदर तोकेका थिए । यस्तै, बचत खातामा ५.४ प्रतिशतदेखि ७.४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका थिए । बैंकहरुले आधार दरको आधारमा कर्जाको ब्याजदर शून्य दशमलव २ प्रतिशतदेखि शून्य दशमलव २४ प्रतिशतसम्म घटाएका थिए ।

Advertisment

थप समाचार