काठमाडौं : बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएपछि तोकिएको सर्त बमोजिम कर्जा भुक्तानी गर्नु ऋणीको कानूनी र नैतिक दायित्व भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कबुल गरेको सर्तको पालना नगरी नियतवस कर्जा नतिर्नु वा बहकाउमा लागेर कृषि कर्जा, सहुलियतपूर्ण कर्जा, लघुवित्त कर्जा वा अन्य साना कर्जाको साँवारब्याज मिनाहा होला भनेर कर्जा भुक्तानीमा विभिन्न बहानाबाजी गर्नु, नाराबाजी गर्नु वा जनुसुकै अवाञ्छनीय गतिविधि गर्नु गैरकानूनी र वित्तीय अनुशासनविरुद्धको निन्दनीय कार्य भएको राष्ट्र बैंकले जनाएको छ।
Advertisment