काठमाडौं : प्रतिनिधि सभाको बजेट अधिवेशन आइतबारबाट सुरु भएको छ । बजेट अधिवेशनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक बर्षको विनियोजन बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन्।
उनले अर्थतन्त्र दबाबमा रहेको भन्दै केही सूचकहरुमा भने सुधार भएको बताए। उनले आगामी बजेट दिगो, फराकिलो, समावेशी र आर्थिक बृद्धि हासिल गर्ने खालको हुने बताए। उनले निजी क्षेत्रको मनोबल बढाउँदै बजारलाई चलायमान बनाउने गरी बजेट ल्याउने बताए।
आर्थिक वर्ष २०८०(८२ को लागि विनियोजन विधेयक प्रस्तुत गर्दै उनले सरकारी, निजी र सहकारी क्षेत्रको लगानी बृद्धि गरी उत्पादनमूखी अर्थतन्त्र निर्माण गर्ने बजेट ल्याउने जनाए।
वित्त नीति र मौद्रिक नीतिबीच तादम्यता गर्दै सार्वजनिक वित्तको पुनर्संरचना गरिने उनले जनाए। निजी क्षेत्रलाई आर्थिक वृद्धिको संवाहक बनाइने भन्दै नीतिगत स्थिरता, प्रकृया सरलीकृत गरेर स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहित गरिने अर्थमन्त्री महतको भनाइ थियो ।
Advertisment