Below Menu

स्नो रिभर्सको ४६ हजार ८७५ कित्ता शेयरको लक इन अवधि मंसिर ११ गतेबाट सकिँदै

स्नो रिभर्सको ४६ हजार ८७५ कित्ता शेयरको लक इन अवधि मंसिर ११ गतेबाट सकिँदै

काठमाडौं : स्नो रिभर्स लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) मंसिर ११ गतेबाट सकिने भएको छ । कम्पनीले सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

Sponsored Advertisement

हाइड्रोपावरले सामुहिक लगानी कोषका लागि जारी गरिएको ५ प्रतिशतले हुन आउने ४६ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको ४६ हजार ८७५ कित्ता शेयर छ महिनाका लागि लकइनमा राखेको थियो । उक्त शेयरको लकइन अवधि खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ ।

लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । 

थप समाचार