Below Menu
Below Menu

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

काठमाडौं : साताको अन्तिम कारोबारको दिन सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । नेप्से बिहिबार २.२७ अंकले घटेर १८८९.७३ को विन्दुमा बन्द भएको हो । त्यसैगरी ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.४६ अंकले घटेर ३६१.०९ को विन्दुमा झरेको छ।

आज नेप्सेमा कारोबार भएका २६९ कम्पनीको ३२१ लाख ७४ हजार ९१४ कित्ता सेयर किनबेच हुदाँ ७३ करोेड ९६ लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ । बजार सामान्य अंकले घट्दा बैंकिङ समूहको उपसूचक २.९८ र होटल समूह ६४.३२ अंकले बढेको छ । साथै, विकास बैंक ५.७०, वित्त ८.९७, जीवन बीमा १३.१३, उत्पादन तथा प्रशोधन ५६.४२, माइक्रोफाइनान्स १९.९२, निर्जीबन बीमा समूहको उपसूचक ११.०६ अंकले घटेको छ।

नेप्सेका अनुसार आज सिटिजन्स म्युचुअल फण्ड २ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताले बढी गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज तीन करोड ७६ लाख ९१ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।

Advertisment

थप समाचार