Below Menu
Below Menu

सीजी फिन्कोका उत्कृष्ट २० वर्ष

सीजी फिन्कोका उत्कृष्ट २० वर्ष

काठमाडौं : चौधरी ग्रुप अन्तर्गत रहेको सिजी फिन्को प्रा.लि.ले स्थापनाको २० वर्ष सफलता पुर्वक पूरा गरेको अवसरमा आफ्ना ग्राहक प्रति सम्मान व्यक्त गरेको छ।

२०औं वार्षिकोत्सव मनाउन सोमबार राजधानीमा आयोजित कार्यक्रममा सीजी फिन्कोका अध्यक्ष निर्वाण चौधरीले कम्पनी सफलताको आधार आफू माथि विश्वास गर्ने ग्राहकलाई जाने भन्दै सबैमा सम्मान व्यक्त गरेका हुन्।

उक्त अवसरमा अध्यक्ष चौधरीले आफ्नो पहिलो विजनेशका रुपमा स्थापित सिजी फिन्कोले आफ्नो विजनेश करियरमा कोशे ढुंगााको काम गरेको स्मरण गरे। उनले नयाँ लगानी र महत्वपूर्ण निर्णयहरू गर्दा कम्पनीबाट आफूलाई प्रोत्साहन मिल्ने बताए।

सीजी फिन्को आज नेपालमा वैदेशिक मुद्रा भित्र्याउने जिम्मेवारी अब्बल सावित हुँदै आएको र विदेशमा रहेकाहरुका लागि नेपालमा पैसा पठाउने भरपर्दो साथी बन्न सकेकोमा पनि खुसी व्यक्त गरे।  ‘सीजी फिन्कोले मेरो विजनेश करियरमा खास महत्व राख्छ। मलाई लाग्छ २० वर्षअघि सीजी फिन्कोको  स्थापनाले नेपालको विप्रेषण उद्योगलाई रूपान्तरण गरेको थियो। आज विप्रेषण उद्योग नेपालको कूल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र बनेको छ,’ अध्यक्ष चौधरीले भने। 

विदेशमा काम गर्ने नेपालीहरूका लागि नेपालमा पैसा पठाउने एक विश्वसनीय सस्था मात्र नभई सीजी फिन्कोले गैरकानूनी रूपमा हुने रकम हस्तान्तरण न्युनीकरणमा पनि महत्वपूर्ण योगदान गरिरहेको उनले बताए।

साथै, आगामी दिनमा सीजीफिन्को अझ सशक्त रुपमा विप्रेषण सेवालाई सजिलो र भरपर्दो बनाउन प्रतिबद्ध रहेको जानकारी पनि उनले दिए। ‘आगामी दिनमा सीजीफिन्कोले डिजिटल रेमिट्यान्समा जोड दिँदै विप्रेषण उद्योगमा आफ्नो स्थान अझ मजबुत बनाउनेछ,’ अध्यक्ष चौधरीले भने।

कार्यक्रममा सीजीफिन्कोले उत्कृष्ट चार कर्मचारीलाई कदरपत्र प्रदान गरेको थियो। जस अन्तर्गत, मार्केटिङ जिनियस अवार्डबाट रमेश रेग्मी, अन्म्याच्ड डेडीकेसन अन्तर्गत रेणु प्रधान, बेस्ट कस्टमर सेन्ट्री सिटिमा प्रतिमा शर्मा पोखरेल र राइजिङ स्टार अवार्डबाट आसिष कुमार हमाल सम्मानीत भएका थिए। 

२००३ मा स्थापित सीजी फिन्को अमेरिकन कम्पनी वेस्टर्न युनियन मनि ट्रान्सफरको नेपालका लागि सुपर एजेन्टको रुपमा काम गर्दै आएको छ। देशभर चार हजारभन्दा बढी एजेन्टमार्फत नेपालभर विप्रेषण सेवा दिदै आएको छ।

Advertisment