काठमाडौं : लगातार ओरालो लागिरहेको सेयर बजारमा सोमबार दोहोरो अंकको वृद्धि भएको छ।
आइतबार २६ अंकले ओरालो लागेको सेयर बजार आज भने १७ दशमलव ७० अंकले वृद्धि भएर सेयर बजार परिसूचक १९०६ मा पुगेको छ । सोमबार २६१ कम्पनीका ४३ लाख ८ हजार ६४५ कित्ता शेयर किनबेचबाट १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँ ८४ पैसाको कारोबार भएको छ ।
यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ०४ अंकले बढेर ३५८ दशमलव ०३ अंकमा पुगेको छ । त्यस्तै फ्लोट इन्डेक्स १ दशमलव २८ अंकले बढेर १३३ दशमलव ४९ अंकमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ७८ अंकले ११९ दशमलव १७ अंकमा पुगेको छ।
Advertisment