Below Menu

राष्ट्रिय सहकारी बैंकसँग प्रयाप्त तरलता, ऋण लगानीमा भने कडाई

राष्ट्रिय सहकारी बैंकसँग प्रयाप्त तरलता, ऋण लगानीमा भने कडाई

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले फागुन मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार सहकारी बैंकसँग १० अर्ब ३५ करोड ७५ लाख रुपैयाँ अर्थात् २३.८२ प्रतिशत तरलता रहेको छ। बैंकको शेयरपुँजी २ अर्ब ९४ करोड २७ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख, कुल बचत ४३ अर्ब ४८ करोड ५९ लाख, ऋण लगानी ३३ अर्ब ८९ करोड ९० लाख रुपैयाँ रहेको छ । त्यस्तै बैंकको कुल संस्थागत पुँजी १ अर्ब १३ करोड ७१ लाख, विभिन्न कोषहरुमा ६९ करोड र कुल सम्पत्ति ५१ अर्ब ५८ करोड ३५ लाख रुपैयाँ रहेको छ।

माघ महिनामा बैंकसँग २२.३८ प्रतिशत तरलता थियो। बैंकमा प्रयाप्त तरलता रकम भएपनि ऋण लगानी भने कडाई गरेको छ।

थप समाचार