Below Menu
Below Menu

शेयर बजारको ओरालो यात्रा कायमै

शेयर बजारको ओरालो यात्रा कायमै

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । आज बजार ५.३२ अंकले घटेर परिसूचक १९३३.३१ बिन्दुमा पुगेर बन्द भएको हो।

२५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १६ करोड २५ लाख ३ हजार ५१५ रुपैयाँको सेयर कारोबार भएको छ।

आज कारोबार भएका जलविद्युत समूहको ०.२५, अन्य १.६७ र ट्रेडिङ समूहको २९.२५ अंकले बढेको छ । साथै, बैंकिङ समूहको उपसूचक १४.३७, विकास बैंक ४.९५, वित्त कम्पनी १४.३८ होटल ३५.२९, जीवन बीमा ३४.३९ उत्पादन तथा प्रशोधन ६.३८ माइक्रोफाइनान्स ३२.५१, निर्जीबन बीमा २१.८७ अंक घटेको छ।

नेप्सेका अनुसार बिहीबार युनिक नेपाल लघुवित्त र सुभम पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने किसान लघुवित्त र विन लघुवित्तको पनि ४ प्रतिशतले बढेको छ।यता लक्ष्मी लघुवित्तको सबैभन्दा धेरै ५.७६ प्रतिशतले घटेको छ भने नयाँ सारथि लघुवित्त, प्रभु लाइफ, ग्रिन डेभलपमेन्ट बैंकको पनि शेयरमूल्य ४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज एनआईसी एशिया बैंकको सबैभन्दा बढी भएको छ । कम्पनीको आज ४ करोड ९४ लाख ९२ हजार रुपैंया भन्दा बढीको सेयर किनबेच भएको छ ।

Advertisment

थप समाचार