Below Menu
Below Menu

जिओ स्टोरबाट मोबाइल तथा ल्यापटप किन्दा बैंकक घुम्ने अवसर

जिओ स्टोरबाट मोबाइल तथा ल्यापटप किन्दा बैंकक घुम्ने अवसर

काठमाडौं : ताम्राकार कम्प्लेक्समा रहेको जिओ मोबाईल स्टोरले मोबाइल एवं ल्यापटप खरिद गर्दा बैंकक घुम्न जाने अफर ल्याएको छ।

न्युरोड ताम्राकार कम्प्लेक्सको तेस्रो तला (शप नं. ३१) मा रहेको जिओ स्टोरले फागुन २१ गतेदेखि ‘होलीमा जिओको उपहार, बैंकक भ्रमणको रमाईलो अवसर’ अफर ल्याएको हो। यो अफर बैशाख मसान्तसम्म रहने स्टोरले जनाएको छ।

स्टोरबाट मोबाइल एवं ल्यापटप खरिद गरेपछि लक्की ड्र कुपन पाईने छ । उक्त कुपनमा आफ्नो विवरण भरेर लक्की ड्रमा सहभागी हुन सकिने जनाएको छ। लक्की ड्रमा सहभागी २ जना भाग्यशाली विजेताले ५ दिन ४ रातको बैंकक टुर प्याकेज जित्न सकिने जिओ मोबाइलका प्रबन्ध सञ्चालक गुरुदत्त शर्माले जानकारी दिए।

जिओ स्टोर नेपालकै नम्बर १ एक्सजेन्ज हाउस समेत हो । जिओ स्टोरबाट विभिन्न ब्राण्डका मोबाईल, ल्यापटप खरिद गर्न सकिने छ। स्टोरबाट नयाँ मोबाइलसँग पुरानो मोबाइल समेत साट्न सकिने जनाएको छ। ग्राहकले नयाँ तथा पुराना आइफोन खरिद तथा एक्सचेन्ज समेत गर्न सकिने जनाएको छ।

शर्मा मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको अध्यक्ष समेत हुन् । केही समय अघि मात्र उनी अध्यक्षमा निर्वाचित भएका थिए।

Advertisment

थप समाचार