कोलम्बो : सन् २०२३ को पहिलो ११ महिनामा श्रीलङ्काका आप्रवासी कामदारहरूले ५.४ अर्ब अमेरिकी डलर पठाएको यहाँको केन्द्रीय बैङ्क (सीबीएसएल) ले जारी गरेको एक तथ्याङ्कले देखाएको छ ।
कामदारहरूले नोभेम्बरमा ५३ करोड ७३ लाख अमेरिकी डलर विप्रेषण पठाएका छन्, जुन गत वर्षको सोही महिनाको ३८ करोड ४० लाखको डलर...