Below Menu
Below Menu

अर्थतन्त्र सुधारका लागि एडिबीले दियो १६ अर्ब ६० करोड 

अर्थतन्त्र सुधारका लागि एडिबीले दियो १६ अर्ब ६० करोड 

काठमाडौं : नेपालको दिगो पर्यटन प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्न एसियाली विकास बैंक (एडिबी) ले रु १६ अर्ब ६० करोडको वित्तीय सहायता उपलब्ध गराउने भएको छ ।

पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल बनाउन देवदह, लुम्बिनी सांस्कृति, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका साथै जनकपुर उपमहानगरपालिका र पोखरा महानगरपालिकाको आर्थिक वृद्धिमा सघाउन उक्त वित्तीय ‘प्याकेज’ एडिबीले आज स्वीकृत गरेको हो ।

बैंकको प्रधानकार्यालय मनिलाबाट बिहिबार जारी प्रेस विज्ञप्तिअनुसार जलवायु एवं प्रकोप प्रतिरोधी सहरहरू निर्माण गरी नेपालको स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन र दिगो आर्थिक विकास गर्ने नेपालको सरकारको रणनीतिमा सघाउन उक्त प्याकेज स्वीकृत गरिएको हो ।

उक्त वित्तीय प्याकेजअन्तर्गत रु ६० करोड अनुदान सहायता हो । सहरी विकास तथा भवन निर्माण विभाग र सम्बन्धित नगरपालिकाले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्नेछन् ।

Advertisment

थप समाचार