काठमाडौं : नेपालले हरेक वर्ष वैदेशिक व्यापारमा ठूलो घाटा बेहोर्दै आइरहेको छ । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा समेत नेपालले करिब ६ खर्बको व्यापार घाटा व्यहोरेको छ ।
मंसिर मसान्तसम्म नेपालले ५ खर्ब ७९ अर्ब १५ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । यस अवधिमा नेपालको वैदेशिक व्याप...