रौतहटमा वर्षा र हावाहुरीको वितण्डाः चार करोड बराबरको काँचो इँट्टा नष्ट, व्यवसायी मारमा
रौतहट : चैत ६ र ७ गते (शुक्रबार र शनिबार) परेको अविरल वर्षा र हावाहुरीका कारण रौतहटका इट्टा उद्योगहरूमा ठुलो क्षति पुगेको छ । खुला स्थानमा सुकाउन राखिएका काँचो इट्टाहरू वर्षाले भिजेर नष्ट हुँदा जिल्लाभर करिब ४ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ ।
रौतहट इट्टा उद्योग व्य...