एनआइएमबि एस क्यापिटलले २० प्रतिशत नगद लाभांश दिने  

एनआइएमबि एस क्यापिटलले २० प्रतिशत नगद लाभांश दिने  

काठमाडौं : एनआइएमबि एस क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Sponsored Advertisement

कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले हुन आउने २० करोड रुपैयाँ बराबरको करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक २० गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा एनआइएमबि एस क्यापिटलको सभाहल लाजिम्पाट, काठमाडौंमा बिहान ११ः३० बजे हुनेछ । 

सभाले आर्थिक वर्ष २०८३/८४ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।