हिमालय क्यापिटलले १५ प्रतिशत नगद लाभांश दिने, कात्तिक २० गते बोलायो साधारणसभा 

हिमालय क्यापिटलले १५ प्रतिशत नगद लाभांश दिने, कात्तिक २० गते बोलायो साधारणसभा 

काठमाडौं : हिमालय क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Sponsored Advertisement

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक २० गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे हुनेछ । 

सभाले आर्थिक वर्ष २०८३/८४ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।