काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.५२ अंकले घटेर २६६४.१३ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ३२.६५ अंकले घटेर २६५७.५० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २१ कम्पनीको शेयरमूल्य बढेको छ । भने २५२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा ५ अर्ब ६५ करोड ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा सात अर्ब १८ करोड ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ग्लोबल आईएमई बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा शिखर पावर डेभलपमेन्ट कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ५.९४ प्रतिशतले बढेको हो । आज बेनी हाइड्रोपावरको शेयरमूल्य ५.०४ प्रतिशतले घटेको छ ।