Below Menu

खानी खोला हाइड्रोपावर साढे तीन करोड नाफामा, प्रतिशेयर आम्दानी पनि धनात्मक 

खानी खोला हाइड्रोपावर साढे तीन करोड नाफामा, प्रतिशेयर आम्दानी पनि धनात्मक 

काठमाडौं : खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ३ करोड ६५ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

Sponsored Advertisement

गत आवको सोही अवधिसम्म एक करोड ८९ लाख १४ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनी नाफामा गएको हो । समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानीसँगै सञ्चालन मुनाफा पनि बढेका कारण नाफामा सुधार देखिएको हो । कम्पनीको वित्तीय खर्च पनि घटेको छ ।

गत वर्ष विद्युत बिक्रीमार्फत  १ करोड ८२ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी असोज मसान्तसम्म आइपुग्दा ६ करोड ८५ लाख २२ हजार रुपैयाँ पुगेको छ । जुन १७६.०६ प्रतिशतले बढी हो । 

यस अवधिमा कम्पनीको सञ्चालन मुनाफा गत वर्षको एककरोड १५ लाख १६ हजार रुपैयाँबाट बढेर ष्स वर्ष ५ करोड ७३ लाख ५९ हजार रुपैयाँ पुगेको छ। 

पहिलो त्रैमाससम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ । गत वर्ष २.१४ रुपैयाँ ऋणात्मक रहेको प्रतिशेयर आम्दानी यस वर्ष बढेर ३.९३ रुपैयाँ पुगेको छ। त्यस्तै यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ६८.२४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ ७८ पैसा रहेको छ।

असोज मसान्तसम्म ९३ करोड १४ लाख २८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष अझै ऋणात्मक रहेको छ । गत आवमा १६ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको जगेडा कोष असोज मसान्तसम्म घटेर ८ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ।

 

थप समाचार