काठमाडौं : नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनका कार्यक्रमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४.९ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन् । तर, सोही अवधिमा विनियोजित त्रैमासिक बजेटको २३.४ प्रतिशत मात्रै खर्च भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षमा नदी नियन्त्रणसम्बन्धी कार्यक्रमका लागि ५ अर्ब २० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पहिलो त्रैमासका लागि छुट्याइएको ६२ करोड ७४ लाख रुपैयाँमध्ये १४ करोड ७० लाख रुपैयाँ खर्च भएको हो ।
महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार पहिलो त्रैमासमा २।९ किलोमिटर तटबन्ध निर्माण र १ हेक्टर जग्गा उकास गरिएको छ । समग्रमा त्रैमासिक लक्ष्यको तुलनामा ३४.९ प्रतिशत भारित भौतिक प्रगति भएको उनले बताए ।
केही आयोजनाले भने निर्धारित त्रैमासिक लक्ष्यभन्दा बढी प्रगति गरेका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरले लक्ष्यको १६०।८ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।
त्यस्तै, टार–बजार संरक्षण कार्यक्रमले १०८ प्रतिशत प्रगति गरेको छ । यसैगरी लमही ९दाङ० ले ८६।५ प्रतिशत, कञ्चनपुरले ८२।५ प्रतिशत र जनकपुर (धनुषा) ले ८२.३ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन् ।