कालोबजारी र मूल्यवृद्धि रोक्न अनुगमन तीव्र, चिनी प्रतिकिलो १२० रुपैयाँमा झर्‍यो

कालोबजारी र मूल्यवृद्धि रोक्न अनुगमन तीव्र, चिनी प्रतिकिलो १२० रुपैयाँमा झर्‍यो

काठमाडौं : भदौ २४ गते उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठककमा सभापति रहबर अन्सारिले उठाएको चिनिको मूल्यवृद्धि, काला बजारि र बजार अनुगमन हुनुपर्ने सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । 

समितिमा अन्सारिले अन्य मुलुकबाट समयमै चीनी आयात नगर्दा, सडक अवरोध हुदा अहिलेको अभाव र मूल्यवृद्धिको अवस्था सिर्जना भएको र सो मुल्यवृद्धि नगर्न, नगराउन सम्बन्धित निकायलाई समितिको निर्देशन थियो। बजारमा हाल चिनिको मूल्य बजारमा १५० वाट घटेर १२० पुगेको छ। 

​समितिको निर्देशन र त्यसपछिको निरन्तर ताकेतापछि सम्बन्धित निकायहरूले बजार अनुगमनलाई तीव्रता दिएका छन्। आपूर्ति व्यवस्था सुधारिनुका साथै अनुगमन कडा भएपछि व्यापारीहरू मूल्य घटाएका हुन्। ​

चाडपर्व नजिकिँदै गर्दा चिनीको मूल्यमा प्रतिकिलो रु. ३० सम्मको गिरावट आएपछि सर्वसाधारण तथा उपभोक्ताहरूले ठूलो राहतको महसुस गरेका छन्। 

समितिले आगामी दिनमा पनि यस्ता अत्यावश्यक खाद्यान्नको मूल्य नियन्त्रण र गुणस्तर कायम राख्न नियमित बजार अनुगमनलाई जारी राख्ने सभापतिले जनाएका छन् ।