सामान्य अंकले बढ्यो शेयर बजार, सात अर्बमाथिको कारोबार 

सामान्य अंकले बढ्यो शेयर बजार, सात अर्बमाथिको कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से २२.८५ अंकले बढेर २६४७.२२ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १३७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा सात अर्ब ५ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा छ अर्ब ७४ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा मिड सोलु हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको हो । आज स्नो रिभर्स कम्पनको  शेयरमूल्य ८.२३ प्रतिशतले घटेको छ ।