त्रिपुरेश्वरमा गुडिरहेको रिद्धिसिद्धी बसमा आगलागी, चालक लामाको उपचार हुँदै 

त्रिपुरेश्वरमा गुडिरहेको रिद्धिसिद्धी बसमा आगलागी, चालक लामाको उपचार हुँदै 

काठमाडौं : काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको छ । सोमबार दिउँसो साढे १२ बजेतिर भक्तपुरबाट थानकोट जाने क्रममा बसमा आगलागी भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बसका चालक २५ वर्षीय दावा लामा घाइते भएका छन् । उनलाइ उपचारका लागि बर्न अस्पताल लगिएको सुवेदीले बताए ।

यसैगरी गाडीमा आगो लाग्नुको कारण खोजी भइरहेको एसपी सुवेदीले बताए । साथै एक प्रत्यक्षदर्शीका अनुसार बस आगलागी भएको देखिएपनि कारण खुल्न सकेको छैन् ।

कसरी आगलागी भयो भन्नेबारे थाहा नभएको ति प्रत्यक्षदर्शीले नेपाल न्यूज बैंकसँग बताए । ड्राइभरको सिट नजिकैबाट आगलागी भएको देखिएको उनले बताए । आगलागीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरणसमेत आउन बाँकी रहेको छ ।

 

थप समाचार