अपर माई जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द

अपर माई जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द

काठमाडौं : पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चलित ९.९८ मेगावाट क्षमताको अपर माई जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द  भएको छ । 

आयोजनाको सुरुङ निकास क्षेत्रमा रहेको एक्सपान्सन जोइन्टबाट अत्यधिक पानी चुहावट भएपछि आवश्यक मर्मतका लागि सुरुङ पूर्ण रूपमा खाली गर्नुपर्ने भएकाले भदौ २१ गतेदेखि विद्युत उत्पादन बन्द गरिएको कम्पनीले जनाएको छ । 

साथै एक्सपान्सन जोइन्टको मर्मत कार्य सम्पन्न भएपछि आयोजनाबाट विद्युत उत्पादन पुनः सञ्चालन गरिने कम्पनीले जानकारी दिएको छ  

थप समाचार