सिनर्जी पावरको सिप्रिङ खोला जलविद्युत आयोजनामा बाढी, उत्पादन पूर्ण रूपमा बन्द

सिनर्जी पावरको सिप्रिङ खोला जलविद्युत आयोजनामा बाढी, उत्पादन पूर्ण रूपमा बन्द

कामठमाडौं : सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले सञ्चालन गर्दै आएको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजना बाढीका कारण पूर्ण रूपमा बन्द भएको जनाएको छ।

कम्पनीका अनुसार असार ५ गते राति करिब ११ बजे आएको बाढी र पहिरोका कारण आयोजनाको हेडवर्कसका अधिकांश संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उक्त क्षतिका कारण आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द गरिएको कम्पनीले जनाएको छ।

 
 

थप समाचार