माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट, एक लाख ४२ हजार बढीले पाए शेयर 

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट, एक लाख ४२ हजार बढीले पाए शेयर 

काठमाडौं : माउन्ट एभरेष्ट पावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले असार ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ शुक्रबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ करोड २७ लाख ६० रुपैयाँ बराबरको १४ लाख २७ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

कम्पनीको आईपीओमा २८ लाख ६२ हजार ९०९ जनाले ३ करोड ६ लाख ५५ हजार ४३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। आवेदन दिएकामध्ये २८ लाख १५ हजार ६७९ जनाको आवेदन सदर भएको छ भने बाँकी आवेदन रद्द भएका छन्। 

मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो । जसअनुसार १ लाख ४२ हजार ७६० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। 

थप समाचार