Below Menu
Below Menu

रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम तीन अर्ब २५ करोडमा समेटियो

रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम तीन अर्ब २५ करोडमा समेटियो

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २४.६३ अंकले घटेर २६०८.३३ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से १६.५४ अंकले घटेर २६३२.९६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ३५ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा तीन अर्ब २५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा दुई अर्ब ६७ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज सिद्धार्थ बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १३ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा स्नो रिभर्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको हो । आज टक्सार पिखुवा खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य १४.०३ प्रतिशतले घटेको छ । 
 
 

ताजा पोस्ट

Advertisment

थप समाचार