काठमाडौं : नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। बैंकले बुधबार सूचना जारी गर्दै नयाँ नोट आजदेखि प्रचलनमा आएको जनाएको हो।
गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र रंगमा छन् । राष्ट्र बैंकले संकेत नम्बर झ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको जनाएको छ।
नेपाली नोटको नम्बरिङ प्रणालीमा संकेतका अक्षरहरू क, ख, ग गर्दै अगाडि बढ्छन् । यहाँ प्रयोग भएका संकेतहरूस् झ, ञ, ट हुन् र प्रत्येक अक्षर भित्र ०००००१ देखि ९९९९९९ सम्म ९ लाख ९९ हजार ९९९ थान ९करिब १० लाख० नोटहरू छापिन्छन्।
यस हिसाबले राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार पाँच सय रुपैयाँका कुल ३० लाख थान नयाँ नोटहरू चलनचल्तीमा ल्याइएको हो । यसअघि नेपाल राष्ट्र बैंकले २०७८ पुस ९ गतेदेखि ५०० रुपैयाँ दर (२०२० सिरिज)का २ लाख ४८ हजार थान नोट चलनचल्तीमा ल्याएको थियो।

Advertisment