Below Menu
Below Menu

ट्रेजरीमार्फत सवा २१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार 

ट्रेजरीमार्फत सवा २१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत सवा २१ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार  २१ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ९१ दिने, छ अर्ब ३३ रुपैयाँ नवीकरण र पाँच रुपैयाँ नयाँ गरी ११ अर्ब ३३ करोड रुपैयाँ बराबरको १८२ दिने र पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गर्न लागिएको हो । 

कार्यालयका अनुसार ९१ दिने ट्रेजरी बिल भदौ ३० गते, १८२ दिने ट्रेजरी बिल मंसिर २२ गते र ३६४ दिने ट्रेजरी बिल २०८४ असार १गते परिपक्क हुनेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले असार १ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि जेठ २५ गते ३१ अर्ब ५० करोड रुपैयाँ रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।

Advertisment

थप समाचार