Below Menu
Below Menu

आगामी आर्थिक वर्षका लागि बर्खे धानको समर्थन मूल्य तोकियो

आगामी आर्थिक वर्षका लागि बर्खे धानको समर्थन मूल्य तोकियो

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बर्खे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मोटो र मध्यम धानको समर्थन मूल्य तोकेको हो।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलका अनुसार मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ कायम गरिएको छ।

सरकारले हरेक वर्ष किसानलाई उत्पादनको न्यूनतम मूल्य सुनिश्चित गर्न धानबालीको समर्थन मूल्य निर्धारण गर्दै आएको छ।

Advertisment