काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ बिन्दुमा बन्द भएको हो । दशैँअघिको अन्तिम कारोबार दिन शुक्रबार नेप्से ४.५६ अंकले बढेर २६२५.८२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ९९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा चार अर्ब ८८ करोड ८९ हजार बराबरको कारोबार भएको थियो ।
आज घलेम्दी हाइड्रोको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २३ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा बेनी हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको हो । आज चिरख्वा हाइड्रोपावर कम्पनीको शेयरमूल्य ७.७२ प्रतिशतले घटेको छ ।