काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत २२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) उक्त रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिने नयाँ ट्रेजरी बिल जारी लागेको हो भने १७ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गर्न लागिएको हो । कार्यालयका अनुसार १८२ दिने ट्रेजरी बिल मंसिर ८ गते र ३६४ दिने ट्रेजरी बिल २०८४ जेठ ११ गते परिपक्क हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले जेठ ११ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि जेठ ३ गते १७ अर्ब ४८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment