माउन्टेन इनर्जी नेपालद्वारा २१ प्रतिशत लाभांश प्रस्ताव, बुक क्लोज कहिले ? 

माउन्टेन इनर्जी नेपालद्वारा २१ प्रतिशत लाभांश प्रस्ताव, बुक क्लोज कहिले ? 

काठमाडौं : माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

Sponsored Advertisement

कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २० गते साधारण सभा बोलाएको छ । उक्त सभा आम्रपालि ब्याङ्क्वेट केटरिङ्ग एण्ड इभेन्ट्स, भाटभटेनी, काठमाडौँमा बिहान साढे १० बजे शुरु हुने छ । 

सभाले लाभांश प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।