Below Menu
Below Menu

उच्च अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 

उच्च अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ३८.१९ अंकले बढेर २७८३.८५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २५१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा चार अर्ब ६१ करोड ३५ लाखरुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २१ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा धौलागिरि लघुवित्त वित्तीय संस्था रहेको छ । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था कम्पनीको शेयरमूल्य १२.४० प्रतिशतले घटेको छ ।  
 

Advertisment

थप समाचार