Below Menu
Below Menu

प्रहरी नियन्त्रणमा रहेका व्यवसायी कुँवरले सम्झौता अनुसार रकम भुक्तानी नगरेको आरोप

प्रहरी नियन्त्रणमा रहेका व्यवसायी कुँवरले सम्झौता अनुसार रकम भुक्तानी नगरेको आरोप

काठमाडौं : निर्माण व्यवसायी ध्रुव बहादुर कुँवरलाई प्रहरीले धनगढी–४ स्थित निवासबाट नियन्त्रणमा लिएको छ । ध्रुवतारा निर्माण सेवा नामक निर्माण कम्पनीबाट ठेक्कापट्टाको काम गर्ने कुँवरलाई सहरी विकास मन्त्रालयले प्रेषित गरेको पत्रको आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

विज्ञप्ति अनुसार अछाम जिल्लाको सदरमुकाम नगरपालिकामा सडक, भवन निर्माण तथा पार्कको काम निर्माण कार्य जारी रहेकोमा सम्झौता पत्र अनुसार रकम भुक्तान नपाएको भन्दै सन्तोष गुरुङले २०८३ वैशाख ११ मा सहरी विकास मन्त्रालयमा निवेदन दर्ता गराएका थिए ।

उनीहरूको उक्त निवेदन ‘करार बमोजिम कारबाही गरी पाउँ’ भनी गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखालाई पनि दिएका थिए ।

निवेदनको आधारमा वैशाख २२ गते बिहान कुँवरलाई नियन्त्रणमा लिएको र आवश्यक कारबाहीको लागि काठमाडौं पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख नरेन्द्र चन्दले जानकारी दिए ।

यसैगरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले कुँवरलाई यथाशिघ्र कार्यालयमा उपस्थित हुन अग्रह गरेको छ ।

Advertisment

थप समाचार