काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३४० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
बिहिबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख छ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।