काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.४९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५१ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ ।
साल्ट ट्रेडिङ कर्पोरेशनले नियमित रूपमा नाफा आर्जन गर्दै शेयरधनीलाई प्रतिफल उपलब्ध गराउँदै आएको छ । यसपटक पनि बोनस शेयरमार्फत पूँजी वृद्धि गर्दै नगद लाभांशसमेत दिने निर्णयले लगानीकर्तामा सकारात्मक सन्देश गएको छ ।