कालिञ्चोक दर्शनको नाफा १५२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति?

कालिञ्चोक दर्शनको नाफा १५२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति?

काठमाडौं : कालिञ्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

Sponsored Advertisement

उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा एक करोड १९ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ। जुन गत आर्थिक वर्षकाे साेही अवधिकाे तुलनामा १५२.६८ प्रतिशत बढी हो। गत वर्षको सोही अवधिसम्ममा कम्पनीले ४७ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएकाे थियो।

यस अवधिमा कम्पनीको आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो। गत वर्षको सोही अवधिमा तीन कराेड ८ लाख रहेको कम्पनीको आम्दानी पुस मसान्तसम्म आइपुग्दा बढेर ३ करोड ५४ लाख रुपैयाँ पुगेको छ। 

त्यस्तै यस अवधिमा सञ्चालन आम्दानी दुई कराेड ९० लाख रुपैयाँबाट बढेर ३ करोड ४१ लाख रुपैयाँ पुगेको छ। साथै गत वर्ष एक कराेड २ लाख रूपैयाँ रहेको कम्पनीकाे सञ्चालन मुनाफा बढेर एक कराेड ४९ लाख रूपैयाँ पुगेकाे छ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३.९७ रूपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १०७. ३६ रुपैयाँ रहेको छ।

पुस मसान्तसम्म ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। 

 

 

 

थप समाचार