बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं : नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको २४० फिट लामो एक्रो ब्रिज गल्छी-रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।

Sponsored Advertisement

सेनाले आइतबार उक्त पुल आयोजनालाई बुझाएको जनाएको छ। भोटेकोसीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माण गर्ने क्रममा सेनाले फलाकु खोलामा एक्रो ब्रिज निर्माण गरेको हो।पुल निर्माण गर्नुअघि नेपाली सेनाले करिब ३०० मिटर सडक खण्डमा रहेका कठिन चट्टान फुटाएर पहुँचमार्ग तयार पारेको थियो। त्यसपछि असोज २० गतेदेखि सुरु गरिएको पुल जडानको काम असोज २४ गते पूरा भएको सेनाले जनाएको छ।

नवनिर्मित पुल २४० फिट (७३.२ मिटर) लामो र १८ फिट (५.५ मिटर) चौडा छ। यसले अधिकतम ४० टन भार बहन गर्न सक्ने क्षमता राख्छ।

पुल सञ्चालनमा आएसँगै नुवाकोट, रसुवा तथा आसपासका क्षेत्रका बासिन्दाको आवतजावत सहज हुने अपेक्षा गरिएको छ। साथै, बाढीबाट प्रभावित क्षेत्रमा राहत सामग्री र अन्य अत्यावश्यक वस्तु ढुवानी गर्न पनि सहयोग पुग्ने विश्वास लिइएको छ।

थप समाचार