काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार ७०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।