हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा १३ करोड ४४ लाख, प्रतिशेयर आम्दानी कति ?  

हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा १३ करोड ४४ लाख, प्रतिशेयर आम्दानी कति ?  

काठमाडौं : हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा ९९ प्रतिशतले बढेको छ । 

Sponsored Advertisement

पुस मसान्तसम्म कम्पनीको खुद नाफा ९९.३३ प्रतिशत अर्थात १३ करोड ४४ लाख रुपैयाँ पुगेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ। जुन गत आर्थिक वर्षको सोही अवधिमा भने ६ करोड ७४ लाख मात्र थियो। 

त्यस्तै कम्पनीले कर्जा तथा अग्रिम पोर्टफोलियोसमेत दोब्बरभन्दा बढी विस्तार गरेको छ। वित्तीय विवरणअनुसार यस अवधिमा १० अर्ब ६४ करोड ८० लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा १०० प्रतिशतभन्दा बढीले वृद्धि भएको हो। 

ब्याज आम्दानी ४१ करोड ७७ लाख रुपैयाँ अर्थात २२०.०७ प्रतिशतले बढेको हो। लागत नियन्त्रण र जोखिम व्यवस्थापनमा सुधार गर्दै सञ्चालन नाफालाई २१ करोड ९९ लाख रुपैयाँसम्म पुर्‍याएको वित्तीय रिपोर्टमा उल्लेख गरिएको छ। 

नन–पर्फर्मिङ लोन अनुपात ४.६८ प्रतिशतबाट घटेर ३.०५ प्रतिशतमा झरेको छ। यसले सम्पत्तिको गुणस्तरमा पनि कम्पनीले सुधार भएको देखाएको छ। 

कम्पनीले भनेको छ, ‘विगतभन्दा सुधारिएको रिकभरी प्रक्रिया र क्रेडिट अनुगमन प्रणाली महत्वपूर्ण भूमिका खेलेको छ, प्रमुख वित्तीय सूचकांकहरूमा पनि सकारात्मक सुधार आएको देखिएको छ।’ 

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३२.३९ रुपैयाँ रहेको छ भने इक्विटी प्रतिफल १६.५६ प्रतिशत र नेटवर्थ प्रतिशेयर खुद सम्पत्ति मूल्य १९५.६२ रुपैयाँ पुगेको छ। 

बाह्य अवरोध र चुनौतीहरूका बाबजुद पोर्टफोलियोमा गुणस्तर सुधार, सञ्चालन दक्षता र दिगो वृद्धिमा केन्द्रित हुँदै सफलता प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ। 

सम्पत्तिको गुणस्तर थप बलियो, जिम्मेवार कर्जा विस्तार र सरोकारवालाको दीर्घकालीन हित संरक्षण गर्ने प्रतिबद्धतासमेत जनाएको छ। 

थप समाचार