काठमाडौं : नेपालको प्रमुख चामल प्रशोधन कम्पनी न्यू वैदेही अले सन् २०२५ मा एक अर्ब ५२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ। केयर रेटिङ नेपालका अनुसार जुन, अघिल्लो वर्षको तुलनामा करिब १७.७७ प्रतिशत बढी हो।
कम्पनीले सन् २०२४ मा एक अर्ब २९ करोड ४० लाख रुपैयाँ र सन् २०२३ मा एक अर्ब ३५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो। वस्तुको मूल्य वृद्धि र बजारमा उच्च माग रहेको कारण व्यापार बढेको कम्पनीले जनाएको छ।
तर, नाफा मार्जिनमा गिरावट आएको छ। गत आवमा कम्पनीले ५.३५ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा कम्पनीको नाफा मार्जिन ६.०६ प्रतिशत रहेको थियो ।
कम्पनीको ऋण संरचना उच्च रहेको र सञ्चालन चक्र लामो भएकाले कार्यशील पूँजीमा धेरै निर्भर रहनु परेको रिपोर्टमा उल्लेख छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ८५ करोड ३३ लाख रुपैयाँको रेटिङ पाएको छ, जसमा दीर्घकालीन कर्जा ८ करोड ३० लाख र अल्पकालीन कर्जा ७७ करोड ३ लाख रुपैयाँ रहेको छ।
कम्पनीको मुख्य कारखाना सर्लाहीको इस्वर्पुरमा रहेको छ, जुन नेपालको प्रमुख धान उत्पादन क्षेत्र मानिन्छ। सन् २०२५ मा कम्पनीले ७२ प्रतिशत धान स्वदेशी किसानहरूबाट र बाँकी २८ प्रतिशत भारतबाट आयात गरेको थियो।
२००९ मा स्थापना भएको यस कम्पनीमा जवेन्द्र साहको लगानी रहेको छ। कम्पनीले धान प्रशोधन गरी चामल उत्पादन गर्छ र धानलाई ग्रेडिङ, सर्टिङ र पोलिसिङ गरेर नेपालभर विभिन्न बजारमा बिक्री वितरण गर्छ। हाल कम्पनीको वार्षिक प्रशोधन क्षमता २ लाख ३० हजार ४०० मेट्रिक टन रहेको छ।