१५ करोडको शेयर जारी गर्दै नेक्सजेन म्यानेजमेन्ट, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त 

१५ करोडको शेयर जारी गर्दै नेक्सजेन म्यानेजमेन्ट, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त 

काठमाडौं : नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो । 

Sponsored Advertisement

कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त शेयर निष्काशनका लागि नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको तर्फवाट प्रबन्ध संचालक रमेश कुमार भट्टराई तथा सनराइज क्यापिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठकाबीच सोमबार द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको हाल अधिकृत पूँजी १०० करोड तथा जारी पूँजी ५० करोड रहेको छ । कम्पनीले स्थापनाको तेस्रो वर्षबाट लगातार छ वर्ष खुद मुनाफा आर्जन गरिरहेको, गत वर्ष नगद लाभांस वितरण गरि यस वर्ष खुद मुनाफा जगेडा कोषमा सारेको र नेटवर्थ शेयरको अंकित मुल्य भन्दा बढी रहेको छ ।

कम्पनीको अध्यक्षमा पूर्व बैकर तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह रहेका छन् । सम्झौता समाहरोहमा कम्पनीका शेयरधनी विजय बहादुर शाह र कमल पन्थीको पनि उपस्थिति रहेको थियो ।

. 
 

थप समाचार