नेपाल हाइड्रो डेभलपर्सको लाभांश प्रस्ताव 

नेपाल हाइड्रो डेभलपर्सको लाभांश प्रस्ताव 

काठमाडौं : नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९.४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

Sponsored Advertisement

संस्थाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले हुन आउने तीन करोड ४९ लाख ३७ हजार ६९९ दशलमव ६७ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.४७ प्रतिशत अर्थात १८ लाख ३८ हजार ८२६ दशमलव ३० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

थप समाचार